
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा संसद लामो समय अल्मलिन नहुने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्वेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले जारी राखेको संसद अवरोध खोल्ने संकेत गरेका हुन् । उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई चाहिएको टिप्पणी गरे ।
‘प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ । त्यसैले म अब उहाँलाई खोज्न चाहन्न । मेरो मुलुकका प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छन् । प्रधानमन्त्रीले बोलेकै कुरामा अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न,’ उनले भने ,














