Logo
Logo

विश्वकप फुटबल प्रसारण गर्न लागेका ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन


378
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकपका खेलहरु अनधिकृतरुपमा प्रसारण गर्ने तयारीमा रहेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ ।

बिहीबार सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्राधिकरणले ३५ वटा वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो । सूचना तथा सञ्चार मन्त्रालयले नै प्राधिकरणलाई अनधिकृत वेबसाइट तथा एप बन्द गर्न पत्राचार गरेको थियो ।

अनधिकृत रुपमा विश्वकप फुटवलको प्रसारण हुँदा चार वर्ष अघि पनि टेलिकम तथा इन्टरनेट सेवा प्रदायकको ब्यान्डविथ खपत ह्वात्तै बढेको थियो । जसका कारण ब्यान्डविथ भुक्तानीका लागि सेवा प्रदायकहरुले अतिरिक्त भुक्तानी गर्नुपरेको थियो ।

करोडौं रुपैयाँमा फिफा विश्वकप प्रसारणको अधिकार लिएका हिमालय स्पोर्टस् र डिगोले पनि यस्ता अनधिकृत प्लेटफर्म बन्देज लगाउन सरकारसँग माग गर्दै आएका थिए ।

यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले सक्रियता देखाउँदै सेवा प्रदायकहरुसँग छलफलसमेत गरेको थियो । सोही आधारमा दूरसञ्चार प्राधिकरणले अनधिकृत प्लेटफर्म बन्द गर्न पत्राचार गरेको छ । योसँगै वेबसाइटहरु बन्द हुने क्रम पनि सुरु भइसकेको छ ।
कुन कुन एप र वेबसाइट बन्द हुँदैछन् ?

१. tv.getemoji.online 
२. kick.com 
३. freeplyrr 
४. bhandari-suraj.com 
५. sportzfy 
६ sportzfypkdownload
७. sportzfytvapp 
८. sportzfytvbd. 
९. sportzfy.link
१०. sportzfyapp.cc 
११. cricfytv.to 
१२. cricfytvap 
१३. cricfytv.org 
१४. cricfytv.net 
१५. cricfytv.com 
१६. cricfytv.pro 
१७ cricty.net 
१८ newsecrettips 
१९. novasoccer.net 
२०. nepsportshub 
२१. crichd.com 
२२. smarteric.com 
२३. webcric.eu 
२४ soccertvhd.com 
२५. https://www.yosin-tv.net/ 
२६. streamseast.top 
२७. genzaitv.com 
२८. fbstream.me 
२९ streamed.su 
३०. Streameast 
३१. ronaldo7.net 
३२. Istreameast.app 
३३. damity pro 
३४ sportzworkzlive
३५. soccertvhd.com

प्रतिक्रिया दिनुहोस्