Logo
Logo

अर्थमन्त्री व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो : गणेशसिंह ठगुन्ना


567
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले आर्थिक विधेयकमा करका दर हेरफेर र सूचना चुहावटको विषय उठाउँदा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले अत्यन्त आक्रोशित र व्यक्तिगत रिसइबीपूर्ण शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: gamnesh.jpg

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ठगुन्नाले भने, “अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो । व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो । ननसेन्स टाइपका शब्दसमेत प्रयोग गर्नुभयो र अमर्यादित तथा धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।”

बिहीबार सार्वजनिक लेखा समितिमा आर्थिक विधेयकमा गरिएका करका दर हेरफेर र उक्त सूचना चुहावटको विषयमा छलफल भलिरहेको छ । प्रतिनिधिसभामा पनि यो विषय उठेको थियो । सांसद ठगुन्नाले अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिने शैलीमा भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले अर्थमन्त्रीले बोलेका केही विषयले दुबिधा उत्पन्न गरेको बताउँदै पान्ना हेरफेरसहितका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । 

प्रतिक्रिया दिनुहोस्