Logo
Logo

एमाले सांसदलाई अर्थमन्त्रीको जवाफ- बजेट पुनर्लेखन हुन्छ, अर्को वर्ष


441
Shares

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सांसदहरूले विनियोजन विधेयकको पुस्तिका नपढेको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा जवाफ दिँदै सुनेको आधारमा बोलेको टिप्पणी गरे ।

The current image has no alternative text. The file name is: swarnim-wagle-1.jpg

“विनियोजन विधेयकको पातलो पुस्तिका छ । माननीयज्यूहरूले धेरैले पाउनुभएन जस्तो बुझे मैले,” उनले भने, “पाउनुभए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा समग्र बजेटको विनियोजन सुनेको भरमा धेरै कुरा गर्नुभयो कि जस्तो महसुस भयो ।”

उनले सम्बन्धित विनियोजन विधेयक हेरेर आएको भए छलफल केन्द्रित हुन सक्ने बताए । एमाले सांसद राजेन्द्र राईले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखेका थिए । राजेन्द्रको नाम नै उल्लेख गरेर अर्थमन्त्रीले जवाफ दिए, “बजेटको पुनर्लेखन हुन्छ, अर्को वर्ष ।”

प्रतिक्रिया दिनुहोस्