Logo
Logo

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरेकाहरू भेला हुँदै


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसबको इतरपक्षले काठमाडौंमा आज भेला आह्वान गरेको छ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला बोलाएको कांग्रेस युवा नेता भुपेन्द्रजङ शाहीले बताए ।

The current image has no alternative text. The file name is: purna.jpg

शाहीका अनुसार भेलामा क्रियाशील सदस्यता अध्यावधिक नगराउने सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।

संस्थापन पक्षले क्रियाशील सदस्यता उत्साहपूर्वक अध्यावधिक भइरहेको दाबी गरिरहँदा इतरपक्षका नेताहरू भने समेटिएका छैनन् ।

१४औँ महाधिवेशन ताका १५औँ का लागि नवीकरण भएकाको हकमा संस्थापनले अध्यावधिक गराउनुपर्ने उनीहरुको भनाइ छ । संस्थापनलाई दबाब दिन भेला आयोजना गरिएको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्