Logo
Logo

बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुग्यो सशस्त्रको टोली


252
Shares

काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ ।

जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ ।

अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रको टोली प्रहरी निरीक्षकको कमाण्डमा त्यहाँ खटिएको छ । केही दिनयता सो क्षेत्र अशान्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्