Logo
Logo

ओलीले बनाएको भव्य महालमा बालेन


252
Shares

जेनजी आन्दोलनले ओलीको सत्तामात्रै खरानी भएन, बालकोटस्थित उनको दुईवटा घर पनि जलेर नष्ट भयो । यतिबेला ओली गुण्डुमा डेरा लिएर बसेका छन् । जीवनभर प्रधानमन्त्री हुन्छु भनेर ओलीले बालुवाटारमा भव्य प्रधानमन्त्री निवास बनाएका थिए, त्यो भव्य महलमा अहिले बालेन बसेका छन् ।

सत्ता, घर गुमाउनुका्े पीडा त छँदै थियो, त्यसमाथि बालेन सरकारले ओलीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने कुरा गरेको थाहा पाएपछि उनको कंचटको रौं ठाडो भएको छ । त्यसैले होला एमालेको एउटा कार्यक्रममा उनले भने– के को सम्पत्ति विवरण ? मेरो घर जलाएर खरानी बनाउने, अनि मेरै सम्पत्ति छानबिन गर्ने ? त्यही खरानी लैजा सरकार भन्दा महेश बस्नेत पेट मिचिमिचि हाँसे ।

विचरा पुष्कर

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई ‘रिटायर्ड’ भएपछि राजदूत बन्ने रहर जागेछ । हुन त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा रजगज गरेका उनलाई राजदूत हुने रहर जाग्नु अपराध त होइन । तर उनले राजदूत बन्नकै लागि बालेनलाई‘म्यासेज’ गर्नु ठूलै अपराध भयो । बालेनले पुष्करको‘म्यासेज’ आफ्नो मोबाइलमा के हेरेका थिए, प्रहरीलाई फोन घुमाई हाले ।

राजदूतको सपना देख्दै घरमा के मात्र सुतेका थिए, पुलिस आएर उनलाई उठाएर लग्यो । किन लग्यो त्यो पनि थाहा छैन । प्रहरीमा पुगेपछि बालेनलाई ‘म्यासेज’ गरेकै कारण उनी प्रहरी फन्दामा परेका रहेछन्, त्यो कुरा सुनेर उपराष्ट्रपतिले भन्दै थिए, हे राम कस्तो दिन आएछ ?

प्रधानमन्त्री आउनुहुन्न

यतिबेला बालेनका कारण संसद अवरुद्ध छ, त्यसलाई निकास दिन रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा विपक्षीहरूले प्रधानमन्त्री संसदमा नआउँदासम्म बैठक चल्न नदिने अडान लिए ।

त्यसपछि रविले भने– उहाँ (प्रधानमन्त्री) आउनुहुन्न, परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, अथवा मै बोल्छु । रविको कुरा सुनेर माधव नेपाल ट्वाँ परे । बालेनको राजीनामा मागेर संसदमा आगो बलिरहेको बेला रविले उहाँ हाउनुहुन्न भनेर आगोमा घ्यू थप्ने काम ग¥यो, कसो सभामुखज्यू ?

कसो ज्ञानेन्द्रज्यू ?

बालेन प्रधानमन्त्री भएपछि ०४६ सालयताको सम्पत्ति छानबिन गर्न आयोग नै बन्यो । त्यो आयोग बनेको देखेर जेनजी युवाहरु दंग परे । अब भ्रष्टाचारीहरु जेल पर्ने भए भनेर मनमनै सोचे ।

जब सरकार र सांसदहरुको सम्पत्ति छानबिन नहुने अर्को खबर सुने त्यसपछि उनीहरुलाई लाग्यो, सबैभन्दा भ्रष्ट त यही सरकार र सांसदहरु पो रहेछ ? कसो, ज्ञानेन्द्र शाहीज्यू ?

प्रतिक्रिया दिनुहोस्