Logo
Logo

विश्वप्रकाशले ५ शीर्ष नेतालाई पठाए ध्यानाकर्षण पत्र


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति  विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवादहीनता देखिएको भन्दै पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

The current image has no alternative text. The file name is: bishwoprakas-sharma.jpg

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई सम्बोधन गर्दै आफ्नो ७ बुँदे लिखित प्रस्तावमाथि छलफल अघि बढाउन माग गरेका हुन् ।

उनले गत जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव बुझाएका थिए । तर, एक सातासम्म छलफल नभएपछि जेठ २२ गते भेटेरै ध्यानाकर्षण गराएको उनले बताए ।

जेठ २४ गते खड्काले संवाद नभएको सन्देश दिने फेसबुक स्टाटस लेखेपछि शर्मा अचम्मित भएको उल्लेख छ । त्यसपछि जेठ २६ गते अग्रज नेताहरूलाई प्रस्ताव ह्वाट्सएपबाट पठाएका थिए । ‘आवेगबिना शान्त चित्तले अध्ययन गरौँ, थप्ने९घटाउने र परिमार्जन गर्न चिया बैठक बोलाऔं,’ शर्माले पत्रमा आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्