Logo
Logo

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित


630
Shares

काठमाडौं । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघिका सभापति रहेका डा.अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल सभापतिमा निर्वाचित भएका हुन् ।

The current image has no alternative text. The file name is: rsapa.jpg

निर्वाचित अर्यालले ४१६ र डा.लामिछानेले ४१४ मत पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए । सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।

रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्