काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशअन्तर्गत कालिकोटमा २०८२ असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण कालिकोटको शुभकालिका गापा वडा नं. २, ३, ७ र ८, महावै गापा वडा नं. १ र ५, खाँडाचक्र नगरपालिका वडा नं १ र ५, तिलागुफा नपा वडा नं १० र ७ मा क्षति पुगेका घरपरिवार र तिलागुफा नपा वडा नं ५ र ६, खाँडाचक्र नपा वडा नं १० का आगलागीपीडितसमेत उक्त गाउँका जम्मा ५७ घरपरिवार पूर्ण रुपमा अविरल वर्षाबाट क्षति भई विस्तापित भएका परिवारलाई सहयोग प्रदान गरेको छ ।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएकामा आइजीआई प्रुडेन्सियलले विस्तापित परिवारलाई एक लाख रुपैयाँबराबरको ३२ थान सिरक खरिद गरी काठमाण्डौँमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् ।
सिइओ श्रेष्ठले सो अवसरमा प्राकृतिक विपत्तिबाट क्षति भइ विस्तापित भएका परिवारलाई सहयोग गर्न कम्पनीसँग सहकार्य गरेकामा कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई धन्यवाद व्यक्त गर्नुका साथै प्राकृतिक विपत्तिबाट पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने प्रतिवद्धता व्यक्त गरे ।
सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष शाहीले पीडितहरूको राहतका लागि गरिएको उक्त सहयोगको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति धन्यवाद व्यक्त गरेका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत शरण रेग्मीले जानकारी दिए ।














