Logo
Logo

खुश्वु ओलीले साइबर ब्यूरोमा दिइन् उजुरी, गालीगलौज गर्ने एक जना पक्राउ


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमा आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, बलात्कार तथा ज्यान मार्ने धम्की र घृणायुक्त आक्रमणविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी छन् ।

The current image has no alternative text. The file name is: sudan-khusbu.jpg

उनले संसद्मा जनचासोका विषय उठाएपछि सामाजिक सञ्जालमा सङ्गठित रूपमा आक्रमण बढेको बताइन् । व्यक्तिगत मोबाइल र म्यासेन्जरमा समेत हिंसात्मक धम्की आएको उनको भनाइ छ । उजुरीपछि प्रहरीले एक जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ । 

टिकटक, युट्युब, फेसबुकलगायत प्लेटफर्ममा आफ्नाविरुद्ध घृणा फैलाउने सामग्री तत्काल हटाउन चेतावनी दिँदै खुश्वुले शून्य सहनशीलता अपनाउने बताएकी छन् । लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि धम्की, दुर्व्यवहार र हिंसाको उक्साहट स्वीकार्य नहुने उनको भनाइ छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा व्यक्तिगत रूपमा आश्वासन दिएपछि प्रहरीले तत्काल कारबाही गरेकोमा खुश्वुले धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्