Logo
Logo

‘एनआइसी एसिया रन फर हेल्थ’ दौड प्रतियोगितामा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआइसी एसिया बैंक ले ‘एनआइसी एसिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर प्लाटिनम राउन्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो ।

राष्ट्रिय अर्बुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्बुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

५ किलोमिटर दूरीको सो प्रतियोगितात्मक दौडमा करिब १ हजारजना युवायुवतीले सहभागिता जनाएका थिए । नेपाल सरकार प्रदेश–१ का संघीय संसद्का सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिका रूपमा सहभागी थिए ।

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरिल्यान्ड कलेजका समीर क्षत्री दोस्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रञ्जिता माझी तेस्रो भए ।
प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई पुरस्कारस्वरूप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्