Logo
Logo

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा वर्षा


189
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: rainfall-nepal.jpg

हाल देशको हिमाल र पहाडी भू-भाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको पनि एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । 

त्यस्तै आज राति  देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्