Logo
Logo

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का विजयी भएका छन् । उनी २८८ मतसहित प्रदेश सभापतिमा विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: karnali-2.jpg

उनका निकटतम प्रतिद्वन्द्वीहरु स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापति थिए । पार्टीभित्रको विवाद र आन्तरिक कलहकाबीच सम्पन्न निर्वाचनबाट उनी पुनस् सभापतिमा चयन भएका हुन् ।

आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशन सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिएको थियो । तर, सर्वसम्मत सम्भव नभएपछि मङ्गलवार दिउँसो मतदान गरिएको थियो । अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा ४ सय जनाले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्