काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको पनि अनुसन्धान भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

गृह मन्त्रालयको बजेटमाथिको छलफलको क्रममा गृहमन्त्री गुरुङले प्रतिनिधिसभाको सो जानकारी गराएका हुन् । सांसदले बालिका पन्तको बलात्कार हत्याको अनुसन्धानबारे प्रश्न सोधेका थिए ।
यसबारे जवाफ दिँदै गुरुङले भने, ‘तपाईँहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ । कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ । यो विषयमा हामी एकदम संवेदनशील छौँ । हामीले सिरियस्ली हेरेका छौँ । हाम्रा छोरी चेलीलाई हत्या गरे । त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे । त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौँ ।’














