Logo
Logo

रास्वपा सांसदहरु नआउने भएपछि प्रतिनिधिसभा बैठक ११ गतेसम्म स्थगित


630
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।

सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्