Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ छलफलको विषय ?


0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

The current image has no alternative text. The file name is: bhismaraj-andembe.jpg

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

आजको बैठकमा संसदीय समितिका गतिविधि, सदनमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्