
आजभोलि नेपाली समाजमा ¥याप गीतलाई हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको छ । यसलाई युवा पुस्ताले निकै ?चाउन थालेका छन् । त्यसै कारण ¥याप र हिपहप गाउनेहरूको संख्या पनि दिनदिनै बढ्दैछ । र्याप र हिपहप गाएर कलाकारहरूले नाम र दाम दुबै कमाईरहेका छन् ।
यही र्याप क्षेत्रमै लागेर आफ्नो भविष्य खोजेकी सुनिता ल्याम्गड पनि पछिल्लो समयकी चर्चित र्यापर हुन् । दर्जनौं ¥याप गीत गाइसकेकी उनले यसैमार्फत निकै चर्चा पनि बटुलिरहेकी छिन् । कलिलो उमेरमै र्याप विधामार्फत सांगीतिक क्षेत्रमा लागेकी उनले रियालिटी शोे, नेपपको श्रीपेच र र्याप स्टारमा पनि सहभागी भएकी थिइन् । उनै २१ वर्षीय र्यापर सुनिता ल्याम्गडसँग रेजिना पाण्डेको जम्काभेटः
तपाईँको र्याप क्षेत्रको यात्रा कसरी सु? भयो ?
मेरो यो यात्रा बाल्यकालदेखिकै हो । म सानै हुँदा मेरो बाबा बित्नुभयो । मैले मेरो पीडा कसैलाई सुनाउन सक्दैन थिए । त्यतिबेला कलम कापीको सहारामा मैले कविता लेख्ने गर्दथे । कविता लेख्दै जाँदा त्यही कवितालाई नै मैलै र्यापमा ढालेर गाउन थालेको हुँ ।
आफैँले लेखेको कवितालाई नै र्यापमा ढालेर गाउँछु भन्ने सोच कसरी आयो नि ?
म र्यापर भिटेनसँग निकै प्रभावित थिए । उनको पीडा र मर्म उनको गानामा देखिन्थ्यो । त्यसले मलाई पनि यो क्षेत्रमा केही गर्न सक्छु भन्ने लागेर आफैँ लगानी गरेर र्याप निकाले, त्यो राम्रो भयो । सबैले मनपराउनुभयो, त्यसपछि मभित्र उर्जा थपिँदै गयोे
र्यापर बनेपछि समाजमा केही गाह्रो त भएन ?
सुरुमा गाह्रो नै भयो । धैरैले कुरा काटे, छोरी मान्छे भएर पनि यो कस्तो गाएर हिँडेकी ? यस्तो ट्यापे छाडा गाना गाएको ? कस्तो खालको कपडा लगाएको ? भन्दै आलोचना धैरै भयो । तर बिस्तारै नाम र चर्चा सु? भएपछि कुरा काट्ने आफन्तहरूले पनि प्रशंसा गर्न थालेका छन् ।
याप गीतलाई हेर्ने दृष्टि किन नकारात्मक छ ?
अ? संगीत विधा जस्तो सजिलै यसलार्ई समाजले हेर्न सकेको छैन । यो क्षेत्रलाई नेपाली समाजले पचाउन नसकेको हो । यो कस्तो खालको गाना हो ? के हो ? भन्ने अझै धेरैलाई थाहा छैन । तर पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ । युवा पुस्ताले यसलाई हेर्ने सोचमा परिवर्तन आएको छ ।
नेपालमा ¥याप क्षेत्रको अवस्था कस्तो छ ?
अहिले विस्तारै यसले पनि ठाउँँ पाइरहेको छ । सजिलै र्याप संगीतमा भिज्न गाह्रो हुने भएकाले पनि विस्तारै नेपाली समाजले यसलाई नजिकबाट नियाल्दैछ, बुझ्दैछ । मन पराउनेहरू पनि बढेका छन् । त्यसैले होला पछिल्लो समय र्याप संगीतमा लाग्नेको संख्या पनि दिनदिनै बढ्दैछ ।
यही र्याप क्षेत्रमै लागेर जीवन चलाउन सकिन्छ ?
नेपालमा चाहिँ गाह्रो छ । तर यही संगीत विदेशमा हुने हो भने कमाइन्छ । मेला महोत्सवमा अहिले र्याप संगीतको डिमाण्ड पनि बढ्दै छ । यसले गर्दा पनि हामी जस्ता र्याप संगीतमा लाग्नेका लागि राम्रो प्लेटफम बन्दै गइरहेको छ ।
आजभोलिचाहिँ कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । कामहरू आइरहेका छन्, खाली बस्नुपरेको छैन । स्टेज कार्यक्रम भइरहेको हुन्छ । कहिले आफ्नै सोलो काममा व्यस्त हुन्छु ।
यसमै रमाइरहने कि अ? केही गर्ने योजना छ ?
म सकुञ्जेल र्याप संगीत बाहेक अरु केही पनि गर्दिन । म यसमै रमाइरहेको छु ।
कार्यक्रमका लागि अहिलेसम्म देश विदेश कहाँ–कहाँ पुग्नुभयो ?
नेपालको धैरै ठाउँमा गइसकेको छु । नेपाल बाहिर पनि अवसर आउँला । मिहेनत गरिरहेको छु, हेरौं के हुन्छ ।
भविष्यको योजना के छ ?
अहिलेसम्म नाम र दाम दुबै कमाईरहको छु । भविष्यको कुरा त कसले देखेको छ र ? यो भन्दा पनि अझै धैरै राम्रो पनि हुन सक्छ ।














