Logo
Logo

बाजुरामा बस दुर्घटना हुँदा २३ जना घाइते


189
Shares

बाजुरा । साँफे-मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका-१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्

The current image has no alternative text. The file name is: bajura.jpg

महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा २३ घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल बाजुरा पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्