Logo
Logo

रहेनन् कांग्रेस नेता राजेन्द्र खरेल  


0
Shares

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए । 

The current image has no alternative text. The file name is: kahrel.jpg

काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा  गए  राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए  । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन् । 

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका नेता खरेल प्रजातन्त्र स्थापनापछि  शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भएका थिए । 

प्रतिक्रिया दिनुहोस्