Logo
Logo

एमाले र  एकीकृत समाजवादीबाट निर्वाचित २ वडाध्यक्ष श्रम संस्कृति पार्टी प्रवेश


504
Shares

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका वडाध्यक्ष दिनेश राई र केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

The current image has no alternative text. The file name is: khotang.jpg

दुई वडाध्यक्ष असार ७ गते दिक्तेलमा आयोजना गरिएको श्रमदाता र नागरिकसँग हातेमालो एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटी पुःर्नगठन कार्यक्रममार्फत श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । उनीहरूलाई श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले सदस्यता वितरण गरेका छन् ।

दिनेश नेकपा एमालेबाट लगातार २०७४ र २०७९ मा निर्वाचित वडाध्यक्ष हुन् । यस्तै, तुलाराम तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट वडाध्यक्ष निर्वाचित भएका थिए । 

त्यस्तै, जसपा नेपाल खोटाङका अध्यक्ष सुनिल चाम्लिङ, केन्द्रीय सदस्य प्रेम राई लगायत पनि श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्