Logo
Logo

एनआरएनएले भन्यो-नागरिकता पाए पनि अधिकार उपभोग गर्न मुस्किल भयो


504
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एनआरएन नागरिकता प्राप्त भए पनि आवश्यक कानुनी, प्रशासनिक र संवैधानिक सुधार नहुँदा यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताएको छ । 

The current image has no alternative text. The file name is: nrna-14.jpg

‘नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था’ विषयक वेबिनारमा सहभागीहरूले बैंकिङ, मालपोत, राष्ट्रिय परिचयपत्र, लगानी, उत्तराधिकार र अध्यागमनलगायतका अधिकार व्यवहारिक रूपमा प्रयोग गर्न अझै कठिनाइ रहेको बताएका छन् ।

एनआरएनएका पदाधिकारीहरूले गैरआवासीय नेपाली सम्बन्धी एकीकृत ऐन शीघ्र पारित गर्न, सम्बन्धित कानुन संशोधन गर्न र आवश्यक संवैधानिक सुधार गर्नुपर्ने बताएका छन् । 

सङ्घका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई व्यवहारमा लागू गर्न सरकार, राजनीतिक नेतृत्व र विश्वभरका गैरआवासीय नेपाली एकजुट हुनुपर्ने बताए ।

एनआरएनएका अध्यक्ष डा। हेमराज शर्माले नागरिकता प्राप्त भए पनि सम्बन्धित ऐन संशोधन नभएसम्म त्यसको पूर्ण लाभ लिन नसकिने उल्लेख गर्दै एकीकृत कानुन र नीतिगत सुधार अपरिहार्य रहेको बताए ।

वेबिनारमा अमेरिका, बेलायत, क्यानडा, जापान, हङकङलगायत विभिन्न देशका प्रतिनिधिहरूले नागरिकता, परिचयपत्र, वंशजको नागरिकता र अध्यागमनसम्बन्धी समस्याबारे सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्