Logo
Logo

रास्वपा केन्द्रीय सदस्यमा मिलन लिम्बूको उम्मेदवारी घोषणा


1.1k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

चितवनमा जारी पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा उनले आदिवासी जनजाति (खुल्ला) क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लिम्बूले पार्टीका शीर्ष नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरूसँग अमूल्य साथ र सहयोगको अपिल गरेका छन् ।

रास्वपाको नीति निर्माण र सांगठनिक सुदृढीकरणमा युवा तथा आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा उठाउन आफ्नो उम्मेदवारी महत्त्वपूर्ण हुने दाबी गरेका छन् ।

पहिलो पटक आयोजना गरिएको यस राष्ट्रिय महाधिवेशनलाई रास्वपाले नयाँ नेतृत्व चयन र वैचारिक धार स्पष्ट पार्ने कडीका रूपमा लिएको छ। महाधिवेशन आइतबारदेखि चितवनमा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्