
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
रास्वपाको संस्थापक केन्द्रीय सदस्य समेत रहेका उनले प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सहमहामन्त्रीमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा रहेको उनको भनाइ छ ।
चौधरी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिए । गत चुनावमा सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । हाल प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समिति सभापति छन् ।
आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । समयमै बन्दसत्र सुरु नहुँदा महाधिवेशन एक दिन लम्बिने नेताहरुले बताएका छन् ।














