Logo
Logo

रास्वपा केन्द्रीय सदस्यमा शिक्षामन्त्रीको उम्मेदवारी घोषणा


126
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिसमक्ष मत मागेका हुन् ।

’पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप शक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ उनले लेखेका छन् । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।

आइतबारबाट सुरु भएको महाधिवेशन मंगलबार सकिने तालिका थियो । तर, यो समाचार तयार पार्दासम्म बन्दसत्र सुरु नभएकाले महाधिवेशन एक दिन लम्बिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्