
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गतको बन्द सत्र आजका लागि स्थगित भएको छ ।
महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसक्दा आजका लागि स्थगित गरिएको हो । आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको स्रोतले जानकारी दियो ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।














