Logo
Logo

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार


0
Shares

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ । गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई-७ डुम्री-थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो ।

The current image has no alternative text. The file name is: pahiro-2.jpg

थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले प्रदेश १९००२ ख ४५३४ नम्बरको बोलेरो जीपलाई आज दिउँसो पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिए । 

घटनास्थलमा प्रहरी सहायक निरीक्षक पौडेलेको नेतृत्वमा गएको टोलीले जीपलाई सडक निर्माण कम्पनीको स्काभेटर प्रयोग गरेर बाहिर निकालिएको हो । जीपमा सामान्य क्षति भएको छ भने कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी चौकी तनमको टोली घटनास्थल पुगेर निर्माण कम्पनीका जनशक्तिको सहयोगमा जीप र यात्रुको उद्धार गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी गणेश बमले बताए । सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उनले सबैलाई अनुरोध गरे । 

प्रतिक्रिया दिनुहोस्