
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उनलाई म्याद थप्ने प्रक्रियाका लागि आज अदालत उपस्थित गराइएको हो ।
प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर राति नै गाडीमा काठमाडौं ल्याएको थियो । त्यसपछि आज बिहान पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पु¥याइएको थियो ।
पौडेललाई सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि प्रहरीले भैँसेपाटीस्थित उनको निवासमा छापा पनि मारेको थियो ।














