Logo
Logo

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटियाे, दुई कुक प्रहरी नियन्त्रणमा


630
Shares

काठमाडौं । चितवनमा गृहमन्त्री सुधन गुरुङले खाएको खानामा माछाको काँडा भेटिएको छ । भरतपुरस्थित एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले भने ।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन् ।

प्रतिक्रिया दिनुहोस्