Logo
Logo

व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का


1.1k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो ।

The current image has no alternative text. The file name is: ajaya-sumargi.jpg

उनीमाथि अनुसन्धान चलिरहेकाले कतै विदेश जान नपाउन भन्ने उद्देश्यले पासपोर्ट रोक्का गरिएको विभागले जनाएको छ ।

सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको बैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिएपनि पछि त्यसले निरन्तरता पाएन । कम्तिमा पनि एक दशक पुराना उजुरीमाथि अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक्का गरिएको विभागसम्बद्ध स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्