Logo
Logo

सङ्घीयतामाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता हो : भीष्मराज आङदेम्बे


63
Shares

काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: angdanbe.jpg

६८औँ संसद् दिवसका अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्ने काम कसैले पनि गर्ने नहुने बताए । 

आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने गरिएको टिप्पणी गरे । सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो सङ्घर्षको ऐतिहासिक निष्कर्ष भएको भन्दै उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । 

उनले भने, ‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति भइरहेको छ, जुन राम्रो होइन । हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न थाल्यौँ । अभ्यास नै नगरीकन प्रश्न उठाउनु गलत हो ।’

उनले संघीयताअन्तर्गतको संरचनालाई जनताले वास्तविक अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ऐतिहासिक प्राप्तिका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्ने काम कसैले गर्न नहुने तर्क गरे ।

आङदेम्बेले उक्त प्रतिबद्धतालाई ठोस अठोट र सङ्कल्पमा बदल्दै प्रभावकारी रूपमा अघि बढ्न सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्