Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै


189
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १:१५ बजेदेखि शुरु हुदैछ ।

The current image has no alternative text. The file name is: rastiyasabha-2.gif

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आज युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमा छलफल हुदैछ ।

प्रतिक्रिया दिनुहोस्