
काठमाडौं । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंहलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । जसमा ८ जनाको आवेदन परेको थियो ।














