Logo
Logo

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएको थियो । त्यसअघि कर्णली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएको थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य भएको छ । प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ ।

प्रतिक्रिया दिनुहोस्