Logo
Logo

विपक्षी दलहरुको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित


63
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो बसेको प्रदेश सभामा विपक्षी दलहरूले बहिष्कार गरेपछि सभामुख तुलाराम घर्तीमगरले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए ।

उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराए ।

थारुको धारणापछि प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए । त्यसलगत्तै सभामुख घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।

आजको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्