Logo
Logo

प्रतिक्रियावादीले चाहेको भए हामीलाई भदौ २४ गते नै मार्न सक्थे : प्रचण्ड


63
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ गतेको घटनाक्रमपछि आफूहरू मारिने वा पूरै मिचिने अवस्थामा पुगेको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachand.gif

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यतिबेला आफूहरूलाई पार्टीका कार्यकर्ता वा लडाकुले नभई विश्वको भूराजनीतिक शक्तिकेन्द्रहरूको एकता र सङ्घर्षले मृत्युबाट जोगाएको विश्लेषण प्रस्तुत गरे । “हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौँ । प्रतिक्रियावादीले चाहेको भए एकैछिनमा सकिने अवस्था थियो,” विगत सम्झिँदै उनले भने, “तर हाम्रा कार्यकर्ताले जुलुस निकालेर बचाएका होइनन् । त्यो अवस्था नै थिएन । भूराजनीतिक शक्तिहरूबीचको द्वन्द्व र सन्तुलनले नै हामी बाँचेका हौँ ।”

प्रचण्डले भदौ २३ र २४ गतेपछि कम्तीमा दुई दिनसम्म नेताहरू जीवित छन् कि छैनन्, गिरफ्तार भए कि हत्या भए भन्ने त्रासपूर्ण अवस्था रहेको स्मरण गरे । तर, जसले २४ गते विध्वंस मच्चाएका थिए, तिनै पक्षले २६ गते आफूहरूलाई बोलाएर सल्लाह गरेको भन्दै उनले आश्चर्य व्यक्त गरे । 

“२६ गते राति फेरि ‘लौ अब के गर्ने ?’ भनेर सल्लाह गर्नुपर्ने अवस्था आयो । यो निकै अनौठो थियो,” उनले भने, “प्रधानसेनापति र राष्ट्रपतिले हामीलाई बोलाएर सुझाव लिनुहुन्छ भन्ने हामीले कल्पनासम्म पनि गरेका थिएनौँ, तर त्यही भयो ।” संयोजक दाहालले नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्तिकेन्द्रहरूको प्रभाव अत्यन्त बलियो रहेको कुरालाई यो घटनाक्रमले पुष्टि गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्