Logo
Logo

सशस्त्रको लेखामा पहुँचवालाकै हालीमुहाली


756
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा देशभरका लेखा प्रमुखहरुको सरुवा हुन नसकेको विषयले हल्चोकमा ठूलो चर्चा पाएको छ । सशस्त्र प्रहरी महानीरिक्षक नारायणदत्त पौडेल अमेरिका जानुअघि केही लेखा अधिकृतहरुको सरुवा हुँदा पहुँचवालाहरु काठमाडौमा रहँदा चर्चाको विषय बनेको हो ।

एपिएफ अस्पताल नजिकैको जग्गा सशस्त्र प्रहरीलाई महंगोमा किनाएर आफूले १७ आना जग्गा जोडेको आरोप लाग्दै आएका डिएसपी महेन्द्र हमाललाई आर्थिक प्रशासन महाशाखाले समेत काठमाडौं बाहिर पठाउन चाहेको छैन । उर्मीला थापा, सन्तोष चन्द, तारा केसी, सुदन गिरीलाई काठमाडौबाहिर नपठाउनका लागि आर्थिक प्रशासन महाशाखाका एसएसपी होम ज्ञावालीको समेत हात रहेको बताइन्छ ।

यतिबेला लेखाअधिकृतहरुको सरुवाको विषयलाई सशस्त्र प्रहरी कल्याण शाखामा कार्यरत कर्मचारीको भूमिकामा पनि निर्भर भैरहेको छ । कल्याण शाखामा कार्यरत लेखा अधिकृत (डीएसपी) महेन्द्र हमाल पनि यस प्रकरणको अनुसन्धानको दायरामा आउनुपर्नेमा उनी अहिले कल्याणबाट एपीएफ अस्पतालमा पुगेका छन् ।

उनीमाथि विद्यालयको अनियमितताबारे जानकारी हुँदाहुँदै पनि संगठनलाई जानकारी नदिई अपचलनमा सहयोग गरेको आरोप छ । वर्षौँसम्म विद्यालयको आम्दानी खोजबिन नहुनु र लेखा परीक्षणमा सो विषय लुकाइनुले कल्याण शाखाकै समेत मिलेमतोको आशंका गरिएको छ ।

महानिरीक्षकले सञ्चालन गर्ने केन्द्रीय लेखामा आउन चाहेका हमाल अस्पतालमा पुगेका हुन भने सन्तोष चन्दलाई केन्द्रीय लेखामा ल्याइएको छ । मुख्यालयले एसपी दयाराम शर्मालाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, ध्रुव केसीलाई केन्द्रीय लेखा, सुरेश खतिवडालाई आर्थिक प्रशासन, राजकुमार ढकाललाई एपीएफ अस्पताल तथा गणेशबहादुर मल्ललाई भण्डार महाशाखामा सरुवा गरेको छ । विशेषगरी बजेट, लेखा र खरिद प्रक्रियासँग जोडिएका कार्यालयमा भएका पदस्थापनाले आगामी दिनमा संगठनको आर्थिक पारदर्शिता र सुशासनमा धक्का पुग्ने बताइएको छ ।

स्रोतका अनुसार डिएसपी हमाल ११ करोड प्रकरणमा तानिने अवस्था रहेको छ । सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबीनमा केन्द्रीय कल्याणकारी कोषमा कार्यरत डीएसपी महेन्द्र हमालले लापरवाही गर्दा इन्स्पेक्टर गुरुङले यो तहको कसुर गरेको आशंका गरिएको छ । सशस्त्रस्रोतका अनुसार हालसम्म एपीएफ स्कुलबाट कल्याणकारी कोषमा जम्मा हुनुपर्ने करिब ११करोड रुपैयाँ जम्मा नहुँदा हमालले गम्भीरतापूर्वक नलिएको छानवीनको निष्कर्ष छ ।

फागुनमै एपीएफ स्कुलका तत्कालीन समादेशकले केन्द्रीय कल्याणकारी कोषलाई पत्र लेखेर स्कुलको रकम जम्मा भए–नभएकोबारे जिज्ञासा राख्दै पत्र लेखेको थियोे । तर, उक्त पत्रमाथि पनि कुनै सुनुवाई नहुँदा इन्स्पेक्टर गुरुङको मनोबल बढेको छानबीन क्रममा खुलेको छ ।

उनी विगत ८ वर्षदेखि त्यहाँ कार्यरत थिए । जबकि सशस्त्रको मापदण्डअनुसार लेखामा काम गर्ने कुनै पनि कर्मचारीले दुई आर्थिक वर्षभन्दा बढी नियमित रूपमा काम गर्न पाउँदैनन् । सशस्त्रस्रोतका अनुसार हालसम्म एपीएफ स्कुलबाट कल्याणकारी कोषमा जम्मा हुनुपर्ने करिब ९ करोड रुपैयाँ जम्मा नहुनुमा हमालले बेवास्ता गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्