Logo
Logo

हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित


126
Shares

काठमाडौं । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको हुन् । 

The current image has no alternative text. The file name is: tikapur.jpg

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेका हुन् । उनको खोजी कार्य भइरहेको तिमिल्सिनाले बताएका छन् । 

घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने भएको छ । 

थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्