
काठमाडौं । नेपाल राष्ट्र बैंकले वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनहरूको कर्जामासहजीकरण गर्ने भएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिले यस्तो घोषणा गरेको हो ।
जसअनुसार अब विद्युतीय सवारीसाधनहरूको कर्जा मूल्य अनुपातलाई सहजीकरण गरिने गभर्नर डा. विश्वनाथ पौडेलले जानकारी दिए ।














