Logo
Logo

संविधान संशोधनबारे भोलि पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस


63
Shares

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका सन्दर्भमा दृष्टिकोण सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय सानेपामा ‘संविधान संशोधनमा कांग्रेसको दृष्टिकोण’ सम्बन्धी कार्यक्रम राखेको छ ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिको आयोजना र सभापति गगन थापाको उपस्थितिमा हुने कार्यक्रममा कांग्रेसले संविधान संशोधनका सन्दर्भमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने भएको हो । कांग्रेसले उपसभापति पुष्पा भुसाल संयोजक रहेको संविधान संशोधन अध्ययन तथा सुझाव विज्ञ समिति गठन गरेको थियो ।

जसको सदस्यमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सीताराम केसी, वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत, अधिवक्ता रनबहादुर थेवे, अधिवक्ता शर्मिला श्रेष्ठ र अधिवक्ता झलमाया विक छन्।

कांग्रेसले प्रधानमन्त्री वालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल बहिस्कार गरेको थियो । बहसपत्र तयार नहुँदै कार्यदलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सामूहिक रूपमा कार्यदल छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्