Logo
Logo

दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश


0
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन् ।

The current image has no alternative text. The file name is: DEEPAK-SULABHA.jpg

जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको हो भने दिपक भट्टसँग एक करोड ५० लाख धरौटी माग गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको मुद्दामा जिल्ला अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैंया धरौटी माग गरेको छ ।विशेष अदालतले धितोपत्र सम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो । उनीहरु दुवैजनालाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले थुनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्