Logo
Logo

रोटरी क्लबद्वारा कम्प्युटर वितरण


126
Shares

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्टले गत साता नाट्येश्वर माध्यमिक विद्यालय टौखेल, थाहा नगरपालिका मकवानपुरको कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि ८ वटा कम्प्युटर वितरण गरेको छ । उक्त माध्यमिक विद्यालयमा २५० जना जति विद्यार्थीहरु छन्, उनीहरुका लागि कम्प्युटर अति आवश्यक थियो ।

रोटरी क्लब अफ काठमाडौं बेष्टले हरेक वर्ष सामुदायिक विद्यालयहरुमा ई–ल्याब प्रोजेक्टअन्तर्गत कम्प्युटर वितरण गर्दै आएको छ । कम्प्युटर पाएर विद्यार्थीहरु निकै खुसी भएका छन् । कम्प्युटर हस्तान्तरण कार्यक्रममा काठमाडौं बेष्टका प्रिसिडेन्ट निमा शेर्पा, आइपिपी किरणकृष्ण जोशी, राजेश कायस्थ, रमेश मिलन श्रेष्ठ, सुधन बज्राचार्य, देशकुमार श्रेष्ठ, बाबुराजा श्रेष्ठ, श्रीकृष्ण दाहाल, कुमार खतिवडालगायत रोटरी क्लबको सहभागिता थियो ।

यसैगरी, मकावानपुरको नौखण्डे क्षेत्रमा रोटरी क्लब अफ काठमाडौं बेष्ट र शान्ति सेवागृह काठमाडौंको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरियो । स्वास्थ्य शिविरमा ४७७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १४६ जना बालबालिका थिए । उक्त शिविरमा झुल, लिटोलगायत औषधि वितरण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरमा शान्ति सेवागृहले चिकित्सकलगायत अन्य सामग्री सहयोग गरेको बिजेन्द्र कुँवरले बताए । रोटरी क्लब अफ काठमाडौं बेष्टको स्याटेलाइट क्लबले उक्त स्वास्थ्य शिविर र वृक्षारोष्ण कार्यक्रमको संयोजन गरेको थियो ।

उक्त अवसरमा स्याटलाइट क्लब टिस्टुङका प्रमोदकृष्ण जोशी, विक्रम जोशी, सुरेन्द्र जोशी र हरिगोपाल श्रेष्ठ, निश्चल शाक्य, उमेश जोशीलगायतका रोटरीयनहरुको सहभागिता थियो । सोही दिन मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ लिटी भन्ने ठाउँमा वृक्षारोपण गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँलेहरुका लागि ४०० वटा फलफूलका बिरुवा हस्तान्तरण गरिएको थियो । उक्त समारोहमा रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट निमा शर्पा, किरणकृष्ण जोशी, रमेश मिलन श्रेष्ठको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्