काठमाडौं । नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो ।

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्याटिङ) को काम भइरहेको छ । त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्याटिङ भइरहेको हुँदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारी भैरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।














