Logo
Logo

च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका ३ महिला भेटिए, १४ को खोजीकार्य जारी


567
Shares

काठमाडौं । च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-३ को चउन्नीका तीन जना महिला फेला परेका छन् ।

The current image has no alternative text. The file name is: kanchanpur.jpg

आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।

तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दुरीमा सेनाले फेला पारेको हो । उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।

उनीहरूले फोन गरेर रूखमा बसिरहेको बताउँदै लिन आउन समेत आग्रह गरेका थिए । च्याउ खोज्न गएकै बेला सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका-१९ का १४ महिलाको खोजी कार्य भने अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्