Logo
Logo

विष्णु पौडेल पक्राउ प्रकरणः ‘स्टन्ट’ कि राजनीतिक पूर्वाग्रह


567
Shares

काठमाडौं । नेपालको राजनीतिमा नेताहरू हिरासत वा थुनामा पर्दा पार्टीभित्र र बाहिर विभिन्न समीकरणहरू फेरबदल हुने गर्छन । कतिपयले एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई एमालेको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरेका छन् । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष पौडेल पार्टीभित्र एक शक्तिशाली, मध्यमार्गी र व्यवस्थापकीय क्षमता भएका नेता मानिन्छन् ।

पार्टी पुर्नगठनको बहस तीव्र रुपमा चलिरहेका बेला राज्यले उनीलाई सुर्खेतबाट गत असार ७ गते धरपकड गरेको थियो । यस घटनालाई पार्टीको आन्तरिक राजनीतिसँग जोडेर हेरिएको छ । तर, विशेष अदालतबाट रिहा भएपछि यो घटना ‘स्टन्ट’मा रुपान्तरण भएको छ ।

शक्ति सन्तुलन र आन्तरिक प्रतिस्पर्धा नेतृत्वका आकांक्षीहरूमध्ये एक रहेका पौडेललाई पार्टीभित्रबाट षडयन्त्र भएको हो होइन भन्नेचाहि केही खुलेको छैन । विष्णु पौडेललाई व्यवस्थापकीय क्षमताका हिसाबले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीपछिको बलियो उत्तराधिकारीका रूपमा हेरिन्छ । उनी परिदृश्यबाट बाहिर हुँदा पार्टीको भावी नेतृत्व दाबी गर्ने अन्य शीर्ष नेताहरूलाई आफ्नो स्थिति बलियो बनाउने अवसर मिल्ने अवस्थामा षडयन्त्र भयो कि भन्ने गरिएको छ ।

उता एमालेभित्र ओली निकट मानिने नेताहरूबीच पनि उप–गुटहरू सक्रिय छन् । विष्णु पौडेलको अनुपस्थितिले अर्को उप–गुटलाई पार्टीका मुख्य निर्णयहरूमा आफ्नो प्रभाव बढाउन सहज हुने भएकाले ओलीनिकट नेताहरुको यस घटनामा संलग्नता रहेको आशंका गरिएको छ ।

सांगठनिक भूमिकामा पनि उत्तिकै सक्रिय रहेका पौडेललाई एमालेको कार्यक्रम चलिरहेको स्थानबाटै अचानक पक्राउ गर्नुले उनीमाथि सरकारले पूर्वाग्रह राखेको कुरा त छँदैछ, त्यसमाथि एमालेभित्रकै एक पात्रले भूमिका खुलेको कुरा पनि एमाले स्रोतले दृष्टिलाई बताएको छ । पौडेलले विगतमा सरकारमा अक्सर उपप्रधान तथा अर्थमन्त्री जस्ता शक्तिशाली मन्त्रालयको नेतृत्व गर्ने गरेका छन् ।

सांगठनिक भूमिकामा पनि उत्तिकै सक्रिय रहेका पौडेललाई एमालेको कार्यक्रम चलिरहेको स्थानबाटै अचानक पक्राउ गर्नुले उनीमाथि सरकारले पूर्वाग्रह राखेको कुरा त छँदैछ, त्यसमाथि एमालेभित्रकै एक पात्रले भूमिका खुलेको कुरा पनि एमाले स्रोतले दृष्टिलाई बताएको छ ।

उनी रेसबाट बाहिर हुँदा पार्टीभित्रका अन्य आर्थिक र प्रशासनिक क्षेत्रमा दख्खल राख्ने नेताहरूका लागि मन्त्री बन्ने बाटो खुल्छ । उपाध्यक्षको हैसियतमा ओलीको अनुपस्थितिमा पौडेलले नै पार्टी चलाउने सम्भावना बढी हुन्छ । पछिल्लो पटक रामबहादुर थापाले कार्यवाह अध्यक्षको जिम्मेवारी पाएको एमालेका नेताहरुलाई चित्त बुझेको छैन । उनी थुनामा पर्दा उक्त जिम्मेवारी अन्य पदाधिकारीहरूको हातमा पुग्छ ।

विष्णु पौडेललाई एमालेभित्र ‘संकट मोचक’ वा विवाद मिलाउने मध्यस्थकर्ताका रूपमा चिनिन्छन । उनी नहुँदा पार्टीभित्र उग्र वा कडा धार भएका नेताहरूलाई आफ्ना निर्णयहरू सहजै लागू गराउन सहज हुने् ठानेर उनलाई पक्राउ गरिएको आरोप पनि छ । गत फागुन २१ मा भएको आम निर्वाचनमा एमालेले व्यहोरेको गम्भीर धक्कापछि पार्टीभित्र तीव्र असन्तोष चुलिएको छ ।

अध्यक्ष केपी ओलीले चुनावी पराजयलाई ‘षड्यन्त्र’को संज्ञा दिइरहँदा पौडेलले पार्टीको यथास्थिति कार्यशैली बदल्नुपर्ने र नेतृत्वको गम्भीर समीक्षा हुनुपर्ने माग राख्दै जिल्ला दौडाहामा भएको बेला पौडेललाई सरकारले पक्राउ गरेको थियो ।

पौडेललाई पक्राउ गरेपछि आन्तरिक समीकरण समेत बद्लिने आँकलन गरिएको थियो । आन्तरिक समीकरण बद्लिएमा ओली र उनी पक्षधरहरुलाई राहत हुने अनुमान गरिएको छ । तर, विशेष अदालतले उनलाई रिहा गरेपछि उनलाई जेलमा सडाएर आफ्नो कुर्ची जोगाउन लागिपरेका नेताहरु संकटमा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्