काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

बिबिसीका अनुसार नयाँ भन्सार दर ३० दिनभित्र लागु हुनेछ। ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले गरेको ‘असमान व्यवहार’को जवाफस्वरूप यस्तो निर्णय गरिएको बताएका छन्।
यस निर्णयसँगै अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप चर्किने अनुमान गरिएको छ।
वाइन, हक्की स्टिक, सिमेन्ट लगायत वस्तुमा भन्सार दर लागु गरिएको छ।
ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछासहितका सामग्रीलाई भने यसबाट छुट दिइएको छ।
अमेरिकाले हाल क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको छ। यसका साथै क्यानडाको सफ्टवुड काठमा ३५ प्रतिशत र अमेरिकाबाहिर निर्मित सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत कर पनि लगाइएको छ।














