Logo
Logo

तामाकोशीको बाढीले बगायो किर्नेटार सडक, मन्थली चरिकोट सडक अवरुद्ध


0
Shares

काठमाडौँ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्ग तामाकोशीको बाढीले बगाएको छ । दोलखाको किर्नेटार क्षेत्रका सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको हो ।

किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।

साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशीको बाढीले सडक भत्काएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्