काठमाडौँ । इन्स्पेक्टर विशाल मल्ल मधेशका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी सिरहास्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख छन् ।

इन्स्पेक्टर मल्लले असार ७ गते कुख्यात लागूऔषध कारोबारी भारतीय नागरिक २८ वर्षीय छोटु भनिने रन्जितकुमार पासवान र असार १९ गते भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई खुट्टामा गोली प्रहार गरी लागूऔषधसहित नियन्त्रणमा लिएका थिए ।
उनी प्रहरी सेवामा व्यवसायिक दक्षतायुक्त अधिकृतका रूपमा चिनिन्छन् ।
उनलाई उत्कृष्ट प्रहरीका रूपमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले प्रमाणपत्र दिएका छन् ।














