काठमाडौँ। हुम्लाको चंखेली गाउँपालिका १ रिमिस्थित दूधेदह आधारभूत विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भनेको छ । गाउँपालिकाले उक्त विद्यालयमा खटाएका शिक्षक मानबहादुर शाही चार महिनादेखि विद्यार्थीमा उपस्थित छैनन् ।

चार महिनादेखि शिक्षक पढाउन नआएपछि विद्यार्थीहरूले पालिका कार्यालय घेराउ गरेका छन् । चार महिनादेखि शिक्षक नआएको र तत्काल शिक्षक पठाउन माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
गाउँपालिका शिक्षा शाखा प्रमुख उदिम धितालका अनुसार चैत महिनादेखि उक्त विद्यालयमा शाहीलाई खटाइएको भए पनि उनी उपस्थित नभएका हुन् ।
विद्यार्थीको प्रदर्शनपछि शिक्षक शाहीसँग कुराकानी भएको धिताल बताउँछन् । कुराकानी पछि शाही आइतबारदेखि विद्यालयमा उपस्थित हुने सहमति भएको धितालको भनाइ छ ।














