Logo
Logo

प्रहरीले तयार पार्‍यो अपराधमा संलग्न शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’


0
Shares

काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जसमध्ये १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको छ । प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्